शिक्षकले दुर्व्यहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित
काठमाडौं, जेठ १० : शिक्षकले दुर्व्यवहार गरेको भन्दै चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। कलेजका कोअर्डिनेटरले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै...
काठमाडौं, जेठ १० : शिक्षकले दुर्व्यवहार गरेको भन्दै चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। कलेजका कोअर्डिनेटरले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले मंगलबार कलेज परिसरमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
आफ्नो इच्छा पूरा गर्दिए कलेजको शुल्कदेखि अरु कुराहरू छुट गराइदिने भन्दै विद्यार्थीलाई नराम्रो हर्कत गरेको विद्यार्थीहरूको गुनासो गरेका छन्।
विरोधमा उत्रिएका विद्यार्थीहरुले कलेज र शिक्षकविरुद्ध नाराबाजी गर्दै समेत तोडफोड गरेका छन्। अहिले आरोपित शिक्षकलाई प्रहरीले गौशाला वृतमा राखिएको बताइएको छ।
प्रकाशित मिति: ११:०० बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











