गड्डाचौकी नाका ३ दिन बन्द हुने
कञ्चनपुर, जेठ १० : कञ्चनपुरको कड्डाचौकी नाका ४ दिन बन्द हुने भएको छ। भारतको उत्तराखण्डको चम्फावत विधानसभा क्षेत्र ५५ को उपनिर्वाचनका लागि पश्चिमी...
कञ्चनपुर, जेठ १० : कञ्चनपुरको कड्डाचौकी नाका ३ दिन बन्द हुने भएको छ। भारतको उत्तराखण्डको चम्फावत विधानसभा क्षेत्र ५५ को उपनिर्वाचनका लागि पश्चिमी सीमानाका गड्डाचौकी नाका ३ दिन बन्द हुने भएको हो।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार नाका जेठ १४ बेलुकी ५ बजेदेखि जेठ १७ गते बेलुकी ५ बजेसम्मका लागि बन्द हुने छ।
गड्डाचौकीसँगै भारतको चम्फावत जिल्लासँग जोडिएका अन्य क्षेत्रका सीमानाका पनि बन्द हुनेछन्। सो अवधिमा स्वास्थ्योपचारलगायत अन्य अत्यावश्यक सेवाका लागि भने अनुमतिप्राप्त हुने बताइएको छ।
प्रकाशित मिति: १०:३१ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











