वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार सिंह र आलम विजयी
गठबन्धनका तर्फबाट मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम विजयी भएका हुन्।
पर्सा, जेठ १० : वीरगञ्ज महानगरपालिकामा सत्तारुढ गठाबन्धनका साझा उम्मेदवार विजयी भएका छन्। गठबन्धनका तर्फबाट मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम विजयी भएका हुन्।
श्रेष्ठ २२ हजार ५ सय ५५ मतान्तरमा मेयरमा निर्वाचित भएका हुन्। मंगलबार बिहान सकिएको मतगणना अनुसार सिंहले ४६ हजार २ सय १५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान मेयर एमालेका विजय सरावगीले २घ हजार ६ सय ७१ मत मात्र प्राप्त गरे।
वि.सं. २०७४ मा लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेका राजेशमान सरावगीसँगै पराजित भएका छन्। सरावगीले १९ हजार ३ सय ९३ मत ल्याउँदा सिंहले १२ हजार १ सय ६५ मत ल्याएका थिए।
यस्तै कांग्रेसका इम्तियाज ३० हजार ७८ मत ल्याउँदै उपमेयर बने। उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाले ९ हजार ५ सय ६८ मत प्राप्त गरे।
वीरगञ्जका ३२ वटामध्ये १३ वटा वडामा जसपा, ९ वटामा कांग्रेस, ८ मा एमाले र २ लोसपा विजयी भएका छन्।











