गोलबजारमा एमालेका श्याम श्रेष्ठ विजयी
सिरहा, जेठ १० : सिराहाको गोलबजार नगरपालिकाको मेयर नेकपा एमालेका श्याम श्रेष्ठ विजयी भएका छन्। मंगलबार बिहान सम्पन्न मतगणनाअनुसरा श्रेष्ठ २ हजार २...
सिरहा, जेठ १० : सिराहाको गोलबजार नगरपालिकाको मेयर नेकपा एमालेका श्याम श्रेष्ठ विजयी भएका छन्। मंगलबार बिहान सम्पन्न मतगणनाअनुसरा श्रेष्ठ २ हजार २ सय ५ मतान्तरमा जित निकाल्दै मेयर निर्वाचित भएका हुन्।
श्रेष्ठले ७ हजार ९ सय ८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान मेयर माओवादीका देवनाथ साहले ५ हजार ७ सय १ मत ल्याए। कांग्रेसका राजदेव साह हलुवाइले ४ हजार ६ सय ५९ मत प्राप्त गरे।
उपमेयरमा पनि एमालेकै मान्ती साह विजयी भइन् । साहले ७ हजार ७ सय ३ मत ल्याउँदा निवर्तमान उपमेयर माओवादीकी रेशम कुमारी थापाले ५ हजार ६ सय ४३ र कांग्रेसकी शान्ती सदाले ४ हजार ९ सय६५ मत ल्याइन्।
प्रकाशित मिति: १०:०२ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











