Kathmandu Press

उदयपुरको त्रियुगा नगपालिकामा आजबाट मतगणना

उदयपुर, जेठ १० : उदयपुरको त्रियुगा नगरपालिकाको मत गणना आजबाट शुरु हुने भएको छ।वैशाख ३० गते निर्वाचनमा विवाद भएको थियो। त्रियुगा नगरपालिका–१२ को...
उदयपुरको त्रियुगा नगपालिकामा आजबाट मतगणना

उदयपुर, जेठ १० : उदयपुरको त्रियुगा नगरपालिकाको मत गणना आजबाट शुरु हुने भएको छ।

वैशाख ३० गते निर्वाचनमा विवाद भएको थियो। त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा वर्षाका कारण कर्मचारीहरूबाट मतदान कार्य सम्पन्न गराउन ढिलाई हुँदा विवाद भएको थियो। जसले गर्दा मतगणना रोकिएको थियो।

विवादकै क्रममा मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका थिए। त्यसपछि आयोगले न्यायाधीश उत्तम सिलवाललाई उदयपुरको मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको थियो। तर, केही दलले पुनः मतदानको माग गरेका थिए। जसले गर्दा मतगणना हुन सकेको थिएन।

आयोगको टोलीले स्थलगत अनुगमन गरेको थियो। त्यसपछ िआजदेखि मतगणना शुरु गर्ने निर्णय गरेको हो। आजदेखि मतगणना शुरु गर्न लागिएको उदयपुरका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए।

प्रकाशित मिति: ०८:३७ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्