भरतपुरको मेयरमा रेणुको जित सुनिश्चित
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालको जित सुनिश्चित भएको छ।
चितवन, जेठ १० : भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालको जित सुनिश्चित भएको छ।
पछिल्लो विवरणअनुसार, भरतपुरमा एक लाख २६ हजार ९५७ मत गणना गरिसकिएको छ। अब ९१२ मत गणना गर्न बाँकी छ।
गठबन्धनबाट मेयरकी उम्मेदवार दाहाल १२ हजार ३२३ मतले अगाडि छन्। उनले ५१ हजार ६६६ मत पाएकी छन्।
उनका प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदी ३९ हजार ३४३ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७४१ मत पाएका छन्।
उपमेयर पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ। उनले ५२ हजार ४२१ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ३० हजार ४७७ मत पाएकी छन्।
प्रकाशित मिति: ०७:२९ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











