पोखरामा एकीकृत समाजवादीका आचार्यले बढाए अग्रता
पोखरा, जेठ १० : पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन्।आज बिहानसम्म एक लाख ३४ हजार...
पोखरा, जेठ १० : पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन्।
आज बिहानसम्म एक लाख ३४ हजार ३ सय ५१ मतगणना भएको छ। जसमा आचार्यले ५४ हजार ६७८ मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्ण थापाले ४९ हजार ७८६ मत पाएका छन्। उनीभन्दा आचार्य चार हजार ८९२ मतले अगाडि छन्।
त्यस्तै, उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता कायमै राखेकी छन्। उनले ५६ हजार ९६६ मत पाएकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५२ हजार ९५९ मत पाएकी छन्।
प्रकाशित मिति: ०७:१५ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











