Kathmandu Press

राष्ट्रपतिले आज संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं, जेठ १० : राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसद्मा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको प्रस्तुत गर्ने भएकी छन्।संघीय संसद्को दुवै...
राष्ट्रपतिले आज संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं, जेठ १० : राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसद्मा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको प्रस्तुत गर्ने भएकी छन्।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसका लागि आज अपराह्न ४ बजे संसद्का दुवै सदनको संयुक्त बैठक आह्वान गरिएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बताए।

सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते बजेट ल्याउनेछ। त्यसअघि संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि आजै संसद्को दोस्रो बैठक बस्नेछ। साँभ ६ बजे बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले दिएको सम्बोधनको प्रति सदनमा टेबल गर्नेछन्।

त्यससँगै संयुक्त सदनलाई सम्बोधन गरेकोमा राष्ट्रपतिप्रति धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति: ०६:५५ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्