Kathmandu Press

भरतपुरमा १२ हजार मतले रेणुको अग्रता

भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले १२ हजार १४० मतको अग्रता कायम गरेकी छन्।
भरतपुरमा १२ हजार मतले रेणुको अग्रता

चितवन, जेठ १० : भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले १२ हजार १४० मतको अग्रता कायम गरेकी छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहानसम्मको गणनामा दाहालले ५१ हजार ११२ मत पाएकी छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल तेस्रो स्थानमा छन्। उनले १४ हजार ७०५ मत पाएका छन्।

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले पनि मतान्तर बढाएका छन्। उनले ५१ हजार ९०३ मत पाएका छन्। प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरूङले ३० हजार ३२६ मत पाएकी छन्।

प्रकाशित मिति: ०६:३६ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्