काठमाडौंमा बालेनलाई १९ हजार मतकाे अग्रता, उपमेयरमा डंगोल तेब्बर मतले अगाडि
स्वतन्त्र उमेदवार शाहले ४७ हजार ७५२ मत सहित अग्रता कायमै राखेका हुन् । दोस्रो स्थाजमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २८ हजार ८१५ मत पाएकी छन् ।
काठमाडौं, जेठ ९ : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन) ले फराकिलो अग्रता कायमै राखेका छन् ।
स्वतन्त्र उमेदवार शाहले ४७ हजार ७५२ मत सहित अग्रता कायमै राखेका हुन् । दोस्रो स्थाजमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २८ हजार ८१५ मत पाएकी छन् ।
बालेन सिंह भन्दा १८ हजार ९ सय ३७ मतले अगाडि रहेका छन् । यस्तै नेकपा (एमाले) का केशव स्थापित २७ हजार ९७७ मतका साथ तेस्रो स्थानमा छन् ।
त्यसैगरी उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनिता डंगोलले अग्रता वढाउदै गएकी छिन् । डंगोलले ४४ हजार ७०५ मत पाउँदा प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) रामेश्वर श्रेष्ठले १५ हजार २८२ मत मात्र पाए ।
प्रकाशित मिति: २०:४२ बजे, सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार