Kathmandu Press

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाई भाडा पनि बढ्यो, कहाँको कति पुग्यो ? 

काठमाडौं, जेठ ७ : पेट्रोलियम पदार्थको मूल्य वृद्धिभएसँगै हवाई इन्धनको समेत मूल्य बढेपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन्  ।सोमबार एक सूचना जारी...
पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाई भाडा पनि बढ्यो, कहाँको कति पुग्यो ? 

काठमाडौं, जेठ ७ : पेट्रोलियम पदार्थको मूल्य वृद्धिभएसँगै हवाई इन्धनको समेत मूल्य बढेपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन्  ।

सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक संघले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन् । संघका अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ भने काठमाडौं–सिमरा ९० रुपैयाँले बढेको छ ।

योसँगै अब काठमाडौंदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ । यस्तै काठमाण्डौ–नेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ, विराटनगर ९ हजार ३२५, जनकपुर ४ हजार २५०, भरतपुर ४ हजार ४३५, पोखरा ६ हजार ३०५ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ ।

बढेको भाडा आगामी बुधबार अर्थात् जेठ ११ गतेदेखि लागू हुने संघले जनाएको छ । आइतबार मात्र नेपाल आयाल निगमले पेट्रोल, मट्टितेल र डिजेलको समान प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो भने यता हवाई इन्धनको समेत प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो । 

प्रकाशित मिति: १९:५१ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्