Kathmandu Press

जनप्रतिनिधिले जनताको हितमा काम गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

जनप्रतिनिधिले जनताको हितमा काम गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौं, जेठ ९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधिले जनताको हित हुने गरी काम गर्नुपर्ने बताएका छन् । 

तनहुँको भानु नगरपालिकामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनप्रतिनिधि जनताका सेवक भएकाले जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

व्यक्तिगत स्वार्थमा नफसी जनताका आवश्यकतालाई पूरा गर्नेतर्फ लाग्नुपर्ने उल्लेख गर्दै उनले भने, “जनप्रतिनिधिका काँधमा ठूलो जिम्मेवारी छ, उक्त जिम्मेवारीलाई सफलतापूर्वक सफल बनाउनेतर्फ ध्यान दिनुपर्छ ।” 

स्थानीय तह निर्वाचनमा काङ्ग्रेसको नेतृत्वमा भएको गठबन्धन सफल भएको भन्दै वरिष्ठ नेता पौडेलले प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म गठबन्धनलाई लैजानुपर्ने धारणा राखे । कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्थानीय तहले जनतालाई भार पर्ने गरी कर वृद्धि गर्न नहुने उल्लेख गर्दै आम्दानीका स्रोत बढाउनुपर्नेमा जोड दिए । 

भानु नगरपालिकाका नवनिर्वाचित प्रमुख आनन्दराज त्रिपाठीले पार्टीभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाउँदै विकासका सवालमा सबै पार्टीसँग सहकार्य गर्ने बताए । 

प्रकाशित मिति: १९:३५ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्