जनकपुरमा स्वतन्त्र उम्मेदवार साह विजयी, उपप्रमुखमा कांग्रेसका किशाेरी
स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी २३ हजार ४ सय ६५ मत ल्याउँदै जनकपुरधामको मेयरमा निर्वाचित भए।
धनुषा, जेठ ९ : धनुषाको जनकपुरधाम उपमहानगरपालिमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी विजयी भएका छन्। २३ हजार ४ सय ६५ मत ल्याउँदै साह जनकपुरधामको मेयरमा निर्वाचित भएका हुन्।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साहले ९ हजार ५ सय ३२ मत प्राप्त गरे। गठबन्धनबाट मेयरका उम्मेदाजर बनेका जनता समाजवादी पार्टीका उम्मेदवार लालकिशोर साह ५ हजार १ सय ९४ मत पाए ।
यता, उपमेयरमा नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका छन्। उनले १५ हजार ५ सय २५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेकी रुणादेवी झाले १० हजार ८ सय ८५ मत ल्याइन्।
प्रकाशित मिति: १९:१० बजे, सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











