Kathmandu Press

काठमाडौं महानगरपालिका–१० मा कांग्रेसको प्यानलै निर्वाचित 

काठमाडौं महानगरपालिका–१० मा कांग्रेसको प्यानलै निर्वाचित 

काठमाडौं, जेठ ९ : काठमाडौं महानगरपालिका वडा नम्बर १० मा नेपाली कांग्रेसको प्यानलै निर्वाचित भएको छ । सोमबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार सो वडामा कांग्रेस उम्मेदवार रामकुमार केसी ३ हजार ४२८ मतसहित वडाध्यक्ष निर्वाचित भएका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अशोक कार्कीले १ हजार ९५३ मत ल्याए भने नेकपा माअ‍ोवादी केन्द्रका देवेन्द्र कुमार देउजाले २४३ मतमात्रै प्राप्त गरे । त्यस्तै राप्रपाका शंकरप्रसाद पौडेलले ३२९ मत पाउँदा विवकेशील साझाका उमेशकुमार खनालले ५३ मत पाए।

वडासदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । वडा सदस्यतर्फ कांग्रेसका नरोज अर्याल् र सतिस तण्डुकार क्रमशः ३ हजार ३४७ र ३ हजार २१३ मतसहित निर्वाचित हुँदा महिला सदस्यतर्फ रोहिणी श्रेष्ठ ३ हजार ३८२ मतले विजयी भइन् । 

त्यस्तै दलित महिला तर्फ कांग्रेसकै सुनिता भित्रिकोटी परियार ३ हजार ४८७ मतले विजयी भएकी छन् । 
 

प्रकाशित मिति: १७:३८ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्