Kathmandu Press

इपिएल लिग सञ्चालन गर्न दिन नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण

काठमाडाैं, जेठ ९ : नेपालको फ्रेन्चाइज क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपिएल) आयोजक र क्लब सञ्चालकहरुले लिग सञ्चालन गर्न दिन नेपाल क्रिकेट संघ क्यानको...
इपिएल लिग सञ्चालन गर्न दिन नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण

काठमाडाैं, जेठ ९ : नेपालको फ्रेन्चाइज क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपिएल) आयोजक र क्लब सञ्चालकहरुले लिग सञ्चालन गर्न दिन नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण गराएका छन्। 

पाँचौं संस्करणको इपीएल आयोजनका लागि तयारी भइरहेका बेला क्यान आफैले नेपाल टी २० लिग घोषणा गरेपछि उनीहरुले एभरेष्ट प्रिमियर लिग सञ्चालन गर्न दिन ध्यानाकर्षण गराएका हुन्।

सोमाबर काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेपालको क्रिकेट विकासका लागि ईपीएलको महत्वपूर्ण भूमिका रहेको भन्दै अहिले आएर क्यानले यसलाई नजरअन्दाज गर्न नहुने बताएका छन्।

पत्रकार सम्मेलनमा इपीएल प्रमुख आमिर अख्तरले नेपाली क्रिकेटको विकासमा लाग्दा लाग्दै पनि निराश बन्नु पर्ने दिन आएको बताए।

उनले इपीएल विश्वस्तरको प्रतियोगिता भइरहेका बेला क्यानले प्रतियोगिताका लागि समय नदिएको गुनासो गर्नुभयो। कुनै नयाँ विदेश कम्पनीलाई विश्वास गर्दा, नेपालको क्रिकेट विकासका लागि लागेको कम्पनीलाई किन हेला गर्न खोजेको आभाष भएको उहाको भनाई छ।

पत्रकार सम्मेलनमा क्लब सञ्चालकहरुले इपीएलले निरन्तरता पाउनुपर्ने धारणा राखेका थिए। उनीहरुले क्यान नभएको अवस्थामा आइसीसीसँग समन्व्य गरेर आफूहरु अघि बढेकाले अहिले क्यानको सहजीकरण मात्र खोजको बताएका छन्। 

प्रकाशित मिति: १७:३२ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्