स्थानीय निर्वाचनमा पाँच दलको गठबन्धन सफल भयाे : कांग्रेस
काठमाडाैं, जेठ ९ : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पाँच दलको गठबन्धन सफल भएको जनाएको छ।सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस...
काठमाडाैं, जेठ ९ : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पाँच दलको गठबन्धन सफल भएको जनाएको छ।
सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले तालमेलका क्रममा कांग्रेसका साथै गठबन्धन दलहरुले पनि सफलता हासिल गरेको दाबी गरे।
उनले गठबन्धनसँग डराएर एमालेले केही स्थानमा धाँधली गरेको आरोप लगाए। बाजुराको बुढीगंगा नगरपालिकामा एमालेका केन्द्रीय नेताकै संलग्नतामा जबरजस्ती थर्काएर मतपेटिका जिल्ला पुराइएको र कांग्रेसले स्वीकार गर्ने अवस्था नरहेको उनले बताए। उहाले उक्त स्थानमा कुनै प्रभावमा नपरी पुन निर्वाचन गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको धारणा राख्नुभयो । त्यस्तै उनले पार्टीमा अन्तर्घातको समस्या समाधान नभएको भन्दै पार्टीमा अन्तर्घात नभइदिएको भए चार सय तहमा जित हासिल गर्ने जिकिर गरे।
त्यस्तै उनले पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय मूल्यवृद्धि नेपालको नियन्त्रणभन्दा बाहिर रहेको र अझै पनि सरकारले धेरै ठुलो अनुदान सरकारले दिइरहेको बताए। उनले जनतालाई कम असर पर्ने गरी काम गर्नुपर्छ भन्ने कांग्रेसको धारणा रहेको बताए।
कांग्रेस नेतृत्वको सरकार जनतालाई मूल्यवृद्धिको मार नपर्ने अवस्था बनाउन हरप्रयास गरिरहेको पनि उनले बताए।











