Kathmandu Press

बलात्कारका घटनामा उजुरीकाे हदम्यादबारे पुर्विचार गर्नुपर्छ : मन्त्री रेग्मी

काठमाडाैं, जेठ ९ :  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बलात्कारका विषयमा उजुरी गर्न हदम्यादको विषयमा पुर्विचार गर्नुपर्ने बताएकी छन्।सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा...
बलात्कारका घटनामा उजुरीकाे हदम्यादबारे पुर्विचार गर्नुपर्छ : मन्त्री रेग्मी

काठमाडाैं, जेठ ९ :  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बलात्कारका विषयमा उजुरी गर्न हदम्यादको विषयमा पुर्विचार गर्नुपर्ने बताएकी छन्।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिमा मन्त्री रेग्मीले बलात्कारविरुद्धका कानुन संशोधन गर्नका लागि मन्त्रालय तयार रहेको र सरोकार भएका निकायको रायसुझावका आधारमा कानून संशोधनको प्रक्रिया अघि बढ्ने बताइन्।

बलात्कार गर्नेलाई कानूनी कार्बाहीको प्रक्रियामा ल्याउन कानून संशोधन गर्न चालू अधिवेशनमा सरकारी विधेयक संसद्मा पेश गर्न पहल गर्ने उनको भनाइ छ।

उनले हालै सार्वजनिक भएको ८ बर्ष पुरानो बलत्कारको घटनामा सरकार गम्भीर रहेको र अनुसन्धान सुरु भइसकेको जानकारी पाएको बताइन्। घरबाटै महिला हिंसा सुरु हुने भएकाले महिला हिंसा सम्बन्धी कानूनलाई थप बलियो बनाउनुपर्ने उहाको भनाइ छ।

बैठकमा समिति सदस्यहरुले बलात्कारका घटनामा हदम्यादभित्र उजुरी गर्ने व्यवस्था व्यावहारिक नभएको भन्दै यसको संशोधन गरिनुपर्ने धारणा राखेका थिए।

सांसद थममाया थापाले महिला हिंसा बढ्दै गएकाले यस सम्बन्धी कानूनलाई थप कडाई गर्नुपर्ने बताइन्। त्यस्तै सांसद लक्ष्मी परियारले हदम्यादका विषयमा पुर्नविचार गर्नुपर्ने धारणा राखिन्।

समिति सभापति निरुदेवी पालले महिला, कानून, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सरोकारवाला निकायबीच छलफल र समन्वय गरी छिटो कानुन संशोधन गर्न निर्देशन दिइन्।

बलात्कार गर्नेलाई हदैसम्मको कानुनी कारबाही गर्ने व्यवस्था गरी कार्यान्वयन गर्न समितिले सरकारको ध्यानाकर्षण गराएको छ। 

प्रकाशित मिति: १६:५४ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्