मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राख्न अदालतकाे अनुमति
काठमाडाैं, जेठ ९ : सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको...
काठमाडाैं, जेठ ९ : सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ।
सोमबार अदालतले पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो । प्रहरीले पाडेलाई शनिवार काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको थियो।
शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले प्रहरीले आरोपित पाण्डेलाई सोमबार अदालतमा उपस्थित गराएको हो।
२०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेसनल नामक ब्युटी पेजेन्टका क्रममा होटलमा पाण्डेले आफूमाथि बलात्कार भएको भन्दै एक युवतीले सामाजिक सञ्जालमार्फत खुलासा गरेकी थिइन्।
प्रकाशित मिति: १६:४० बजे, सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











