निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई सरकारले दियाे धन्यवाद
काठमाडाैं, जेठ ९ : सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा...
काठमाडाैं, जेठ ९ : सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।
मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले एकैचरणमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दल तथा सुरक्षाकर्मीलगायत सबैमा धन्यवाद दिने निर्णय भएको बताए।
मन्त्रीपरिषदले वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजनाका लागि स्विजरल्यान्ड सरकारबाट बाट सरकारबाट प्राप्त हुने करिव ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको उनले बताए।
त्यस्तै विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गरेको प्रवक्ता कार्कीले जानकारी दिए। बैठकले राष्ट्र बैंकको नोट धुलाउने नियमावली २०७९ बनाउन स्वीकृत प्रदान गरेको उनले बताए।
त्यस्तै जेठ १८ मा नर्वे र जेष्ठ १९ फिनल्यान्सँग हुने दुईपक्षीय परामर्श संयन्त्रको बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ।











