Kathmandu Press

१ लाख ३७ हजार मत गनिसक्दा झन्डै १९ हजारकाे अन्तरले बालेन अगाडि, दाेस्राे स्थानमा सिर्जना

एमालेका उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्थानमा छन्।
१ लाख ३७ हजार मत गनिसक्दा झन्डै १९ हजारकाे अन्तरले बालेन अगाडि, दाेस्राे स्थानमा सिर्जना

काठमाडौं, जेठ ९ : काठमाडौं महानगरपालिकामा १ लाख ३७ हजार ४ सय ५२ मत गनिसक्दा मेयरका स्वतन्त्र उम्मेदवार बालेनले फराकिलो मतान्तरका साथ आफ्नो अग्रतालाई कायमै राखेका छन्।

लोरो चिह्न लिएर चुनाव लडेका बालेन ४६ हजार ९ सय ६६ मतसहित अग्रस्थानमा छन्। अहिले उनका निकटतम प्रतिद्वन्द्वीका रूपमा नेपाली कांग्रेसकी सिर्जना सिंह छिन्। उनीहरूबीच १८ हजार ८ सय २५ मतले अघिपछि छन्।

सिंहले २८ हजार १ सय ४१ मत ल्याएकी छन्। एमालेका उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्थानमा छन्। उनले २७ हजार २ सय ८६ मत पाएका छन्।

सिंह र स्थापितबीच दोस्रो र तेस्रो स्थानका लागि कडा टक्कर भइरहेको छ।   

प्रकाशित मिति: १६:१३ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्