प्रहरीका पाँच डिआइजी एआइजी बढुवाका लागि सिफारिस

काठमाडाैं, जेठ ९ : नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआइजी उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ९४० अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए।
प्रकाशित मिति: १५:३७ बजे, सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











