Kathmandu Press

जातिय विदेदको आरोपमा पुरी पक्राउ

नवलपरासी, कात्तिक १० : पानीको धारा छोइन्छ भन्दै जातिय विभेद गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

नवलपरासीको गैडाकोट नगरपालिका वडा ....

जातिय विदेदको आरोपमा पुरी पक्राउ

नवलपरासी, कात्तिक १० : पानीको धारा छोइन्छ भन्दै जातिय विभेद गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

नवलपरासीको गैडाकोट नगरपालिका वडा नम्बर १२ का अर्जुन पुरीलाई जातिय विदेदको आरोपमा स्थानीय प्रहरीले पक्राउ गरेको हो।

Hardik ivf

उनले सोही ठाउँकी ४० बर्षिया कुमारी बिश्वकर्मालाई आफ्नो घर नजिकैको जग्गामा आउँदा धारा छोइन्छ भन्दै बारीमा काम गर्न बन्देज गरेका थिए। 
गाउँकै राधिका महतोले यमकुमारीको छाक टार्न समस्या भएको भन्दै उनलाइ कमाइखान एक कट्ठा जमिन दिएकी थिइन्। त्यहीबारीमा काम गर्न जाँदा दलित भन्दै गालि गलौज गर्ने र काम गर्न नदिएको भन्दै यमकुमारीले स्थानीय सगरमाथा दलित समाजमा खबर गरेकी थिइन्।

सो समाजले प्रहरीलाई खबर गर्न भनेपछि यमकुमारीले प्रहरीमा उजुरी दिएकी थिइन्। बारीमा लगाएको लसुन उखेल्ने र बारीमा आउन रोक लगाउने अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ। संविधान र कानुन विपरित जातिय विभेद गरेकाले हदैसम्मको सजायको माग गरेको स्थान्ीय दलित अगुवा बेदबहादुर सुनारले बताए। 
प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ। 

प्रकाशित मिति: ११:३८ बजे, आइतबार, कात्तिक १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्