Kathmandu Press

कञ्चनपुरमा कांग्रेस पाँच, एमाले तीन र माओवादी एक पालिकामा विजयी

कञ्चनपुर, जेठ ९ : कञ्चनपुरका नौवटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ।२०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा राम्रो पकड जमाएको नेकपा...
कञ्चनपुरमा कांग्रेस पाँच, एमाले तीन र माओवादी एक पालिकामा विजयी

कञ्चनपुर, जेठ ९ : कञ्चनपुरका नौवटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ।

२०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा राम्रो पकड जमाएको नेकपा ९एमाले० यसपटक भने तीन पालिकामा समिति रहन पुग्यो।

दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा नेपाली कांग्रेसले चार नगर र एउटा गाउँपालिकामा विजयी हासिल गरेको छ।

यहाँको भीमदत्त, बेदकोट, कष्णपुर तथा पुनर्वास नपा र बेल्डाँडी गाउँपालिकामा नेपाली कांग्रेसले जीत हासिल गरेको छ। अघिल्लो निर्वाचनमा यी चारवटै पालिकामा एमाले विजयी भएको थियो।

त्यसैगरी एमालेले यहाँको दोधारा–चाँदनी र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालिकामा जीत हासिल गरेको छ। यसअघि दोधारा र शुक्लाफाँटामा नेपाली कांग्रेसले जितेको थियो भने लालझाडीमा (माओवादी केन्द्र) ले जितेको थियो। 

त्यसैगरी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले यहाँको बेलौरी नगरपालिका जितेको छ। अघिल्लोमा दुई पालिका जितेको माओवादी यसपटक भने एउटामा समिति रह्यो। उसले लालझाडी गाउँपालिका गुमाएको छ।

नगरप्रमुखमा भीमदत्तमा नेपाली कांग्रेसका पदम बोगटी, वेदकोटमा कांग्रेसकै भोजराज बोहरा, कृष्णपुरमा कांग्रेसका हेमराज ओझा, पुनर्वासमा तोयराज शर्मा र बेल्डाँडी गाउँपालिकामा कांग्रेसका हरिचन्द्र राना निर्वाचित भएका छन्।

त्यस्तै दोधारा–चाँदनीमा एमालेका किशोरकुमार लिम्बू, शुक्लाफाँटामा एमालेकै रणबहादुर महरा र लालझाडीमा निर्मल राना नेतृत्वमा पुग्नुभएको छ।

त्यसैगरी माओवादीका पोतीलाल चौधरी बेलौरीको नेतृत्वमा दोस्रोपटक पुगेको हुन्। यसअघिको निर्वाचनमा पनि उनी नगरपालिकाको नगरप्रमुखमा विजयी भएको थिए।

जिल्लाका पालिकामा नेकपा माओवादी केन्द्रसित गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको नेकपा (एकीकृत समाजवादी) ले पालिका जित्न सकेन।

केही वडाध्यक्षमा जीत निकालेको समाजवादीले पुनर्वास र बेदकोट नगरपालिकामा जित्न सक्ने आकलन गरेको थियो। ९२ वडा रहेको कञ्चनपुरमा यसपटक दुई वडाध्यक्ष स्वतन्त्रबाट निर्वाचित भएका छन्।

भीमदत्त–१३ मा रामचन्द्र बोहरा र पुनर्वास श्रवण रानाले बाजी मारेका छन्। त्यसैगरी उपप्रमुखतर्फ नौ पालिकामध्ये सात उपप्रमुख एवं उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ। दोधारा-चाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिका तथा बेल्डाँडी गाउँपालिकामा कांग्रेसले उपप्रमुख जितेको हो।

प्रकाशित मिति: १३:५४ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्