Kathmandu Press

भरतपुरमा १० हजार बढी मतले रेणु दाहालकाे अग्रता

दाहालले ४४ हजार ४५५ मत प्राप्त गर्दा एमालेका विजय सुवेदीले ३४ हजार २ सय ९८ मत प्राप्त गरेका छन्।
भरतपुरमा १० हजार बढी मतले रेणु दाहालकाे अग्रता

भरतपुर, जेठ ९ : भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा माओवादी केन्द्रकी रेणु दाहालले १० हजार २ सय ५७ मत अन्तरले अग्रता लिएका छन्। 

दाहालले ४४ हजार ४५५ मत प्राप्त गर्दा एमालेका विजय सुवेदीले ३४ हजार २ सय ९८ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५८३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
 
उपप्रमुखमा चित्रसेन अधिकारीले ४५ हजार ६ सय ९४ मत प्राप्त गरेका छन्। उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले २७ हजार ११६ मत प्राप्त गरेकी छन्। महानगरमा हालसम्म १ लाख ११ हजार २ सय ७३ मतगणना सकिएको छ । अहिले वडा २५ र २६ को मतगणना जारी छ। 

भरतपुरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ। भरतपुरमा अहिलेसम्म २४ वडाको मतगणना सम्पन्न भएको छ । २९ वडा रहेको यस पालिकाको मतगणना आज रातिसम्म सम्पन्न हुने अनुमान गरिएको छ।

प्रकाशित मिति: १३:१७ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्