Kathmandu Press

पोखरामा धनराज ४ हजार मतान्तरले अगाडि

काठमाडौं, जेठ ९ : पोखरा महानगरपालिकाको मेयरका लागि गठबन्धनका उम्मेदवार धनराज आचार्यले चार हजार मतान्तरले अग्रता लिएका छन् ।सोमबार बिहानको मतगणनाका अनुसार आचार्य ४९...
पोखरामा धनराज ४ हजार मतान्तरले अगाडि

काठमाडौं, जेठ ९ : पोखरा महानगरपालिकाको मेयरका लागि गठबन्धनका उम्मेदवार धनराज आचार्यले चार हजार मतान्तरले अग्रता लिएका छन् ।

सोमबार बिहानको मतगणनाका अनुसार आचार्य ४९ हजार २४१ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका एमाले उम्मेदवार कृष्णबहादुर थापा ४५ हजार २६२ मत ल्याएका छन्। यहाँ राप्रपाका शंकर खरालले ५ हजार २५७ मत ल्याएका छन् ।

उपमेयरतर्फ भने एमालेकी मञ्जुदेवी गुरुङले अग्रता कायम गरेकी छन् । उनले ५१ हजार ५८९ मत ल्याउँदा कांग्रेसकी कोपिला रानाभाटले ४८ हजार ४९२ मत ल्याएकी छन्। 

यहाँ राप्रपाकी रन्जनाकुमारी सेन पौडेल ५ हजार २२९ मत पाएकी छन् भने विवेकशील साझाका माधव भण्डारी २३९ मत ल्याएका छन्।   

महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वडा रहेको पोखराका १८ वडामा नेपाली कांग्रेस विजयी भएको छ भने सात वडामा एमाले विजयी भएको छ । महानगरको वडा नं  १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ ।  

प्रकाशित मिति: १२:०० बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्