तुलसीपुर उपमहानगरमा एमालेको अग्रता
दाङ, जेठ ९ : दाङ तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार टीकाराम खड्काले एक हजार १६१ मतल अग्रता लिएका छन् । उनले हालसम्म १६ हजार...
दाङ, जेठ ९ : दाङ तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार टीकाराम खड्काले एक हजार १६१ मतल अग्रता लिएका छन् । उनले हालसम्म १६ हजार ७९६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार ५३५ मत प्राप्त गरेका छन्।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा एमालेका उम्मेदवार स्यानी चौधरी १६ हजार ७९ मतसहित अग्रस्थानमा छन् भने गठबन्धनका नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानाले ११ हजार ४४५ मत ल्याएका छन्।
यसैबीच वडा नं १० मा एमालेका यमराज केसी एक हजार ८७९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका धु्रुवबहादुर शाहले एक हजार २३ मत प्राप्त गरेका छन्। अहिलेसम्म तुलसीपुरका १० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । हाल तुलसीपुर ११ र १२ को मतगणना जारी छ।
तुलसीपुरमा यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४ हजार ३३६ ले मतदान गरेका थिए।











