Kathmandu Press

पाँचखालको मेयरमा कांग्रेस महेश खरेल निर्वाचित

काभ्रे, जेठ ९ : काभ्रेको पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश खरेल र उपमेयरमा नेकपा (एमाले) की सूर्यमाया दनुवार विजयी भएकी छन्।आज बिहान...
पाँचखालको मेयरमा कांग्रेस महेश खरेल निर्वाचित

काभ्रे, जेठ ९ : काभ्रेको पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश खरेल र उपमेयरमा नेकपा (एमाले) की सूर्यमाया दनुवार विजयी भएकी छन्।

आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका उम्मेदवार खरेलले १२ हजार ८३६ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी  एमालेका कञ्चन अधिकारीले आठ हजार ११५ मत पाए।

त्यस्तै, उपमेयरमा निर्वाचित एमालेकी उम्मेदवार दनुवारले नौ हजार ५३४ मत पाइन्। प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का चेतप्रसाद गौतमले नौ हजार १० मत पाए।

प्रकाशित मिति: ०८:४५ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्