Kathmandu Press

भीमदत्तको मेयरमा कांग्रेसका पदम बोगटी निर्वाचित

महेन्द्रनगर, जेठ ९ : कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटी निर्वाचित भएका छन्।आज बिहान सम्पन्न मतगणनामा बोगटीले १५ हजार ८८२...
भीमदत्तको मेयरमा कांग्रेसका पदम बोगटी निर्वाचित

महेन्द्रनगर, जेठ ९ : कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटी निर्वाचित भएका छन्।

आज बिहान सम्पन्न मतगणनामा बोगटीले १५ हजार ८८२ मत पाए। उनका निकटतम प्रतिस्पधी नेकपा (एमाले) का उम्मेदवार महेशप्रसाद पन्तले आठ हजार १४१ मत पाए।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गजेन्द्रबहादुर चन्दले सात हजार १०५ मत पाए।

नवनिर्वाचित बोगटी कांग्रेसका जिल्ला पार्टी सभापति हुन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा भीमदत्तमा एमालेका सुरेन्द्र विष्टसित झिनो मतान्तरले पराजित भएका थिए।

त्यस्तै, उपमेयरमा कांग्रेसकै निलम जोशी लेखक १२ हजार २१६ मत ल्याएर निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार कृष्णदत्त जोशीले १० हजार ५९६ मत पाए। १९ वडा रहेको भीमदत्तमा कांग्रेसले १३ वडाध्यक्षसमेत जितेको छ।

यसैगरी, कञ्चनपुरकै पुर्नवास नगरपालिकामा कांग्रेसका उम्मेदवार तोयप्रसाद शर्माले १० हजार ६०० मत सहित मेयरमा निर्वाचित भएका छन्। त्यस्तै, उपमेयरमा भुलिया रानाले सात हजार ३४५ मत प्राप्त गरी निर्वाचित भएकी छन्।

मेयरमा पराजित एमालेका पदम पुजाराले चार हजार ६७४ र एकीकृत समाजवादीका उम्मेदवार जीवनराज थापाले तीन हजार ७३४ मत प्राप्त गरेका छन्।

उपमेयरमा माओवादीका धोखे रानाले पाँच हजार ४९२ र एमालेका सुशीला खत्रीले पाँच हजार ३०३ मत ल्याएका छन्। अघिल्लो पटक पुर्नवासमा एमालेका उम्मेदवार जीवनराज थापा निर्वाचित भएका थिए।

प्रकाशित मिति: ०८:३२ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्