उपत्यकामा आजदेखि तीन दिन पानी पर्ने, उच्च भेगमा हिमपात
काठमाडौं, माघ २४ : काठमाडौं उपत्यकामा आजदेखि तीन दिनसम्म लगातार पानी पर्ने मौसमविद्हरुले बताएका छन् ।
उच्चपहाडी भेग दार्चुला, हुम्ला, डोल....
काठमाडौं, माघ २४ : काठमाडौं उपत्यकामा आजदेखि तीन दिनसम्म लगातार पानी पर्ने मौसमविद्हरुले बताएका छन् ।
उच्चपहाडी भेग दार्चुला, हुम्ला, डोल्पा, मुस्ताङ लगायतका क्षेत्रमा हिमपात सुरु भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले अहिले काठमाडौं उपत्यकासहित पश्चिम क्षेत्रमा वर्षा भएको हो । ‘पश्चिमी वायुको प्रभावले आउको न्यून चापीय प्रणालीका कारण वर्षा भएको हो’ मौसमविद् वरुण पौडेलले भने, ‘प्रणालीको असर पश्चिमबाट विस्तारै पूर्वतर्फ सर्छ ।’
प्रकाशित मिति: ०९:१५ बजे, बिहीबार, माघ २४, २०७५
थप समाचार






