Kathmandu Press

भरतपुरमा रेणु दाहाल जित नजिक

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार जित नजिक पुगेका छन्।
भरतपुरमा रेणु दाहाल जित नजिक

चितवन, जेठ ९ : भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार जित नजिक पुगेका छन्।

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी जित नजिक पुगेका हुन्।

अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ। मेयरमा माओवादी उम्मेदवार दाहाल नौ हजार ९३० र कांग्रेसका अधिकारी १८ हजार ३२५ मतले अगाडि छन्।

महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो। आज बिहानसम्म एक लाख ६ हजार २२५ मत गणना भइसकेको छ।

मेयरमा दाहालले ४३ हजार ७४३ मत पाएकी छन भने एमालेका उम्मेदवार विजय सुवेदीले ३३ हजार ८१३ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३७७ मत पाएका छन्।

उपमेयरमा कांग्रेसका उम्मेदवार अधिकारीले ४५ हजार ७४ पाएका छन्। त्यस्तै, विपक्षी गठबन्धनबाट राप्रपाकी उम्मेदवार हिमला गुरुङले २६ हजार ७४९ मत पाएकी छन्।

 

प्रकाशित मिति: ०८:१९ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्