Kathmandu Press

पोखरा महानगरको मेयरमा गठबन्धनको अग्रता

पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले अग्रता लिएका छन्।
पोखरा महानगरको मेयरमा गठबन्धनको अग्रता

पोखरा, जेठ ९ : पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले अग्रता लिएका छन्।

आज बिहानसम्म एक लाख १९ हजार ३१९ मत गणना हुँदा गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले ४७ हजार ९९२ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ४४ हजार १३९ मत प्राप्त गरेका छन्। गठबन्धनका आचार्यले तीन हजार ८५३ मतान्तरसहित अग्रता हासिल गरेका हुन्।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ ५० हजार २६० मतसहित अघि छन्। उनकी प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ४७ हजार ४७० मतसहित उनलाई पछ्याइरहेकी छन्।

महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वटा वडा रहेको पोखराका १८ वडामा कांग्रेस विजय भएको छ भने सात वटा वडामा एमाले विजय भएको छ। महानगरको वडा नं  १७, १८, १९, २१, २२, ३१, ३२, ३३ को मतगणना जारी छ।

प्रकाशित मिति: ०७:१९ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्