Kathmandu Press

जितका बाबजुद लिभरपुल उपाधिबाट बञ्चित

काठमाडौं, जेठ ९ : लिगको अन्तिम खेलमा सहज जित निकाले पनि लिभरपुल इंग्लिस प्रिमियर लिग उपाधि जित्न असफल भएको छ।गएराति घरेलु मैदानमा वुल्भ्समाथि...
जितका बाबजुद लिभरपुल उपाधिबाट बञ्चित

काठमाडौं, जेठ ९ : लिगको अन्तिम खेलमा सहज जित निकाले पनि लिभरपुल इंग्लिस प्रिमियर लिग उपाधि जित्न असफल भएको छ।

गएराति घरेलु मैदानमा वुल्भ्समाथि ३-१ को जित निकाले पनि लिभरपुल म्यान्चेस्टर सिटीसँग १ अंकले पछि पर्दै उपाधिबाट वञ्चित भयो। एस्टन भिल्लाविरुद्ध सिटी कम्तिमा बराबरीमा रोकिएको भए लिभरपुल च्याम्पियन बन्न सक्ने थियो।

सिटीले भिल्लाविरुद्ध २ गोलले पछि परेको अवस्था उल्टाउँदै ३-२ को जित निकाल्दै उपाधि रक्षा गर्यो। सिटीको ९३ अंक भयो भने लिभरपुलको ९२ अंक भयो।

वुल्भ्सविरुद्ध लिभरपुलका लागि साडियो माने, मोहम्मद सलाह र रोबर्टसनले गोल गर्दा वुल्भ्सका पेड्रो नेटोले गोल गरेका थिए।

खेलमा अग्रता वुल्भ्सले लियो। तेस्रो मिनेटमै नेटोले गोल गरेका थिए। २४औं मिनेटमा मानेले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि ८४औं मिनेटमा सलाह र ८९ मिनेटमा रोबर्टसनले गोल गरेपछि लिभरपुल ३-१ ले विजयी भयो।

यता, नर्विच सिटीमाथि ५-० को फराकिले जित निकलोको टोटनहमले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। नर्विचलाई हराएसँगै टोटनहमले लिग चौथो स्थानमा सकाउँदै च्याम्पियन्स लिगमा स्थान बनाएको हो।

नर्विचविरुद्ध टोटनहमलाई जित दिलाउन डेजन कुलुसेवेस्की र सन ह्युङ मिनले २ गोल गर्दा ह्यारी केनले एक गोल गरेका थिए। ३८ खेलमा २२ जित ५ बराबरी, ६ हारसहित टोटनहमले ७१ अंक जोड्यो। नर्विच भने लिगको पुछारमा रहँदै रेलिगेसनमा परेको छ।

प्रकाशित मिति: ०७:०९ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्