Kathmandu Press

अन्तिम मिनेटको गोलले लिड्स रेलिगेसनबाट बच्यो, बर्नली रेलिगेसनमा

काठमाडौं, जेठ ९: खेलको अन्तिमतिर गोल गर्दै लिड्स युनाइटेड रेलिगेसनबाट बचेको छ।अन्तिम खेल सकिन केही सेकेन्डमात्र बाँकी रहँदा ज्याक ह्यारिन्सनले गोल गरेपछि लिड्स...
अन्तिम मिनेटको गोलले लिड्स रेलिगेसनबाट बच्यो, बर्नली रेलिगेसनमा

काठमाडौं, जेठ ९: खेलको अन्तिमतिर गोल गर्दै लिड्स युनाइटेड रेलिगेसनबाट बचेको छ।

अन्तिम खेल सकिन केही सेकेन्डमात्र बाँकी रहँदा ज्याक ह्यारिन्सनले गोल गरेपछि लिड्स रेलिगेसनबाट बचेको हो। ह्यारिसन्सको अन्तिम समयको गोल मद्दतमा लिड्सले ब्रेन्टफोर्डमाथि २–१ को जित निकाल्यो।

यो जितसँगै ९ जित र ११ बराबरीसहित ३८ अंक जोड्दै लिड्स १७औं स्थानमा रह्यो। यदि खेल बराबरीमा सकिएको भए बर्नलीसँग गोलअन्तरमा पछि पर्दै लिड्स रेलिगेसनमा पर्ने थियो।

खेलमा लिड्सका राफिन्हाले ५६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। ७८औं मिनेटमा सर्गी क्यानसले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि बराबरी तर्फ उन्मूख खेलको इन्जुरी समयको चौथो मिनेटमा ह्यारिन्सनले गोल गर्दै लिड्सलाई जित दिलाए।

लिड्स रेलिगेसनबाट बच्नुमा बर्नलीका हार पनि महत्वपूर्ण रह्यो। अन्तिम खेलमा बर्नली विजयी भएको भए जितका बाबजुद पनि लिड्स रेलिगेसनमा पर्ने थियो। अन्तिम खेलमा लिड्स न्युकासलसँग २–१ ले पराजित भयो। बर्नलीसँगै वाट्फोर्ड र नर्विच पनि रेलिगेसनमा परे।

यस्तै, अन्य खेलमा आर्सनलले एभर्टनमाथि ५–१ को जित निकाल्दा लेस्टर सिटीले साउथह्याम्पटनमाथि ४–१ को जित निकाल्यो। खराब लयबाट गुज्रिरहेको म्यान्चेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग १–० ले पराजित हुँदा चेल्सीले रेलिगेसनमा परेको वाटफोर्डमाथि २–१ को जित निकाल्यो।

प्रकाशित मिति: ०६:५७ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्