Kathmandu Press

पेट्रोलियम पदार्थमा १० र एलपी ग्यासमा २०० रूपैयाँ मूल्य बृद्धि

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको हो।
पेट्रोलियम पदार्थमा १० र एलपी ग्यासमा २०० रूपैयाँ मूल्य बृद्धि

काठमाडाैं, जेठ ८ : सरकारले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थकाे मूलय बढाएकाे छ। डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य बढाएको हाे।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको हो।

यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो।

नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल र मट्टितेल १६३ रूपैयाँ लिटर पर्नेछ।

त्यस्तै एलपी ग्यासको मूल्य १८०० रूपैयाँ पर्नेछ।

हवाइ इन्धन (आन्तरिक) को भाउ लिटरको १६६ रूपैयाँ पुगेको छ।

प्रकाशित मिति: २१:११ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्