Kathmandu Press

गांगुलीको उदयः आज क्रिकेटको नेतृत्व, भोलि भारत

सौरभ गांगुली भारतका सबैभन्दा चतुर कप्तान हुन्। विश्वकै धनी क्रिकेट निकायको नेतृत्व लिने उनको कदमले भारतको भावी नेता बन्ने छाँट देखाएको छ।

४७ वर्षिय गांगुलीले....

गांगुलीको उदयः आज क्रिकेटको नेतृत्व, भोलि भारत

सौरभ गांगुली भारतका सबैभन्दा चतुर कप्तान हुन्। विश्वकै धनी क्रिकेट निकायको नेतृत्व लिने उनको कदमले भारतको भावी नेता बन्ने छाँट देखाएको छ।

४७ वर्षिय गांगुलीले गत बुधबार भारतीय क्रिकेट नियन्त्रण  बोर्ड (बिसिसिआइ) को प्रमुखको पदभार सम्हालेका छन्। उनको नियुक्तीसँगै वार्षिक दुई अर्ब कारोबार गर्ने संस्थाको दशक लामो “स्क्यान्डल” पनि अन्त्य भएको छ। गांगुलीको नियुक्तीलाई धेरैले राष्ट्रिय राजनीतिको सुरूआत मानेका छन्। 

क्रिकेटका हस्तीलाई स्थान दिने पार्टीले प्रशस्तै भोट पाउने ग्यारेन्टी छ। केहि समाचार अनुसार सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) गांगुलीलाई आउने दुई वर्षमा पश्चिम बंगालको मुख्यमन्त्रीको उम्मेदवार बनाउन चाहन्छ। बोरुडाको एक मात्र उम्मेदवारी दिनुअघि उनले भाजपाका अध्यक्ष तथा गृहमन्त्री अमित शाहलाई भेटेका थिए। 

Hardik ivf

दुई वर्षदेखि सर्वोच्च अदालतले नियुक्त गरेको समितिले बोर्ड चलाइरहेको थियो। अब नयाँ युगको सुरूआत भएको छ। शाहका छोरा बोर्डका सचिव हुने भएका छन्।

गांगुली पश्चिम बंगालको धनाढ्य परिवारमा जन्मिएका हुन्। यसअघि उनी भाजपाको कडा प्रतिद्वन्द्वी नजिक थिए। भाजपा हाल राज्य सञ्चालन गर्ने क्षेत्रीय दल बनेको छ। शाहसँगको वार्ताले मिश्रित अनुमानहरू बढाएको थियो।

“भाजपासँग राजनीतिक सम्बन्ध राख्ने गुटसँग काम गर्दा उनी निकै सहज देखिएका छन्,” प्रतिपक्षी कंग्रेस पार्टीका सञ्जय झाले बताए। दि हिन्दुका  राजनीतिक सम्पादक निस्तुला हेब्बरले गांगुली भाजपका लागि ठूलो सम्पत्ति हुने बताए। “उनी लोकप्रिय छन्। बंगालीमाझ आदर्श व्यक्तिका रूपमा स्थापित छन्। धेरै उपलब्धि हात पारेका छन् र राजनीतिभन्दा माथि रहेका छन्।” अमित शाहसँगको भेटघाटले ठूलो राजनीतिक सम्भावना खोलेको हेब्बरले बताए।

गांगुली भारतका सबैभन्दा सफल कप्तानमध्ये एक हुन्। उनकै कारण अन्तर्राष्ट्रिय क्रिकेटमा भारत एउटा शक्ति राष्ट्र बनेको हो। उनलाई “गड अफ अफसाइड” पनि भनिन्छ। सन् २००८मा खेलबाट सन्यास लिँदा उनले १६ शतकसहित सात हजार दुई सय १२ रन बनाएका थिए। एउटा शतक उनले लर्ड्समा पहिलो टेस्टमा बनाएका थिए।

सन् २०१५ मा जगमोहन डाल्मियाको मृत्युपछि पश्चिम बंगाल राज्यको प्रमुखका रूपमा उनले क्रिकेट प्रशासको भूमिका निभाए। डाल्मिया सबैभन्दा चतुर क्रिकेट राजनीतिज्ञ थिए। रंगभेदको अन्त्य भएपछि उनले दक्षिण अफ्रिकालाई सन् १९९१ मा अन्तर्राष्ट्रिय क्रिकेटमा फिर्ता ल्याएका थिए।

ब्याटिङका आइकन सचिन तेन्दुलकरलाई गांगुलीले भारतीय क्रिकेट नियन्त्रण बोर्डमा सफलता पाउनेमा कुनै शंका छैन।

“क्रिकेट खेलेजस्तै उनले देशको सेवा गरेका छन्। उनले बोर्डमा पनि त्यसरी नै उत्तिकै सक्षम भएर सेवा गर्नेछन् भन्ने मलाई विश्वास छ,” तेन्दुलकरले भने।

गांगुलीकै नेतृत्वमा क्रिकेट सुरू गरेका इरफान पठाले पनि दादालाई लिएर ठूलो अपेक्षा गरेका छन्। “उनी कप्तान हुँदा गज्जबको युग थियो। उनले टिमको सोंच परिवर्तन गरे। विश्वास जगाए र आक्रामक बनाए,” पठानले भने।

“धेरैले गांगुलीलाई आक्रामक कप्तान भनेर चिन्थे। तर उनीसँग व्यवस्थापन सीप पनि थियो। उनले सबैको ध्यान दिए। यहि गुणले उनी बिसिसिआइमा पनि राम्रो काम गर्नेछन्।”

बिसिसिआइको नेतृत्व गर्ने उनी एकमात्र टेस्ट स्टार भने होइनन्। विजयानगरमका महाराज कुमार, शिवलाल यादव र सुनिल गावस्करले पनि यो पद सम्हालिसकेका छन्। तर विवादको श्रृङ्खलापछि सन् २०१७ मा बिसिसिआइलाई अदालतको प्रशासनमा ल्याइयो। इन्डियन प्रिमियर लिगले क्रिकेटप्रति पागल देशमा अत्यधिक धन र दबाव पनि ल्याएको छ।

गुटबन्दी र प्रतिस्पर्धी बजारसँग जुझीरहेको बेला धेरै काम गर्न बाँकी रहेको गांगुली देख्छन्।

“मैले पहिला भनेजस्तै यो संकटको अवस्था हो। यति बेला परिवर्तन ल्याउने जिम्मेवारी पाएकोमा म खुशी छु,” गांगुली गत साता मनोनयन दर्ता गरेपछि भनेका थिए।
 

प्रकाशित मिति: ०७:२४ बजे, आइतबार, कात्तिक १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्