Kathmandu Press

काठमाडौंको मेयरमा बालेनलाई १७ हजार बढी मतकोे अग्रता, उपमेयरमा डंगोल २५ हजार मतान्तरले अगाडि 

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले फराकिलो अग्रता कायमै राखेका छन् । 
काठमाडौंको मेयरमा बालेनलाई १७ हजार बढी मतकोे अग्रता, उपमेयरमा डंगोल २५ हजार मतान्तरले अगाडि 

काठमाडौं, जेठ ८ : काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले फराकिलो अग्रता कायमै राखेका छन् । 

जारी मतगणना अनुसार महानगरको प्रमुखका लागि बालेनले ४१ हजार २ सय ७९ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई पछि पार्दै गठबन्धनकी उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा रहेकी छिन् । 

सिंहले २३ हजार ८  सय ५५ मत पाएकी छन् भने स्थापितले २३ हजार २४ मत सहित पछ्याइरहेका छन् । सिंहको बालेनसँगको मतान्तर भने १७ हजार ४ सय २४ रहेको छ । 

यस्तै उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोल अगाडि २४ हजार ९ सय २० हजार मतले अगाडि रहेकी छिन् । डंगोलले ३८ हजार ३ सय ५१ मत पाउँदा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का रामेश्‍वर श्रेष्ठले १३ हजार ४ सय ३१ मत पाए । 
 

प्रकाशित मिति: २०:५७ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्