इन्डोनेसियन क्लब पेरिसिक केडिरीमा रोहित चन्द आवद्ध

काठमाडाैं, जेठ ८ : इन्डोनेसियन क्लब पेरिसिक केडिरीमा रोहित चन्द आवद्ध भएका छन्। आइतबार नै ईन्डोनेसियाको अर्को क्लव पर्सिजा छाडेका उनी आजै अर्काे क्लबमा आवद्ध भएका हुन।
पेरिसिक केडिरीले आइतबारनै सामाजिक सञ्जालमा हाम्रो हिमालयन टाइगर भन्दै रोहितको तस्वीर पोस्ट गरेको छ। इन्डोनेसियामा रोहित हिमालयन टाइगर उपनामले चिनिन्छन् ।
रोहितले २०१३ देखि २०१५ सम्म पर्सिजाबाट खेलेका थिए। त्यसपछि उनी मलेसियन क्लब टि टिम एफसीमा अनुबन्धन भए। त्यसपछि उनी सन् २०१७ मा फेरि इन्डोनेसियामै फर्किएका हुन् ।
रोहितले पर्सिजाबाट लिगसहित चार उपाधि जितेका छन्।
प्रकाशित मिति: २०:५२ बजे, आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











