Kathmandu Press

नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण खेल रद्द

काठमाडौं, जेठ ८ : एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिता अघि नेपाली राष्ट्रिय फुटबल टोलीले अफगानिस्तानविरुद्ध खेल्ने भनिएको दुई मैत्रीपूर्ण खेल रद्द...
नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण खेल रद्द

काठमाडौं, जेठ ८ : एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिता अघि नेपाली राष्ट्रिय फुटबल टोलीले अफगानिस्तानविरुद्ध खेल्ने भनिएको दुई मैत्रीपूर्ण खेल रद्द भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अफगानिस्तानको टिम कतार नजाने भएकाले खेल स्थगित गर्नु परेको जनाएको छ । नेपालले जेठ ११ र १५ गते कतारको दोहामा अफगानिस्तानविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको थियो । 

तर, अफगानिस्तानको टोली कतार जान नमिल्ने भएकाले खेल स्थगित भएको जनाइएको छ । कुवेतमा हुने छनोट प्रतियोगिताको समूह ‘ए’मा नेपालले इन्डोनेसिया, जोर्डन र कुवेतविरुद्ध खेल्नेछ । नेपालले पहिलो खेल यही जेठ २५ गते जोर्डनविरुद्ध, २८ गते कुवेत र ३१ गते इन्डोनेसियाविरुद्ध खेल्ने छ । 

प्रकाशित मिति: २०:३६ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्