Kathmandu Press

पोखरामा गठबन्धनका धनराज ३ हजार बढी मतान्तरले अगाडि

पोखरा महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।
पोखरामा गठबन्धनका धनराज ३ हजार बढी मतान्तरले अगाडि

काठमाडौं, जेठ ८ : पोखरा महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

पछिल्लो विवरणअनुसार आचार्यले ४५ हजार ०२७ मत ल्याएका छन् भने एमालेका कृष्णबहादुर थापाले ४१ हजार ५९० मत उनलाई पछ्याइरहेका छन्  । आचार्य तीन हजार ४३७ मतले अगाडि छन् । 

यस्तै उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ अगाडि छन् । उनले ४७ हजार ३२४ मत ल्याएकी छन् । कांग्रेसकी कोपिला रानाभाटले ४४ हजार ९६४ मत ल्याएकी छन् । 

प्रकाशित मिति: १९:५० बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्