उपभोक्ताको गुनासो सुन्न ‘कन्जुमर एप’
काठमाडौं, कात्तिक ९ : व्यवशायीबाट ठगिनेहरुले अवदेखि मोवाईल एपबाटै गुनासो गर्न पाउने भएका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताला....

काठमाडौं, कात्तिक ९ : व्यवशायीबाट ठगिनेहरुले अवदेखि मोवाईल एपबाटै गुनासो गर्न पाउने भएका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तालाई मोबाइलबाटै गुनासो पठाउन सक्ने एप तयार गरेको छ।
शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादबले उक्त एपको उद्घाटन गरेका छन्। ‘कञ्जुमर एप’ राखिएको एपमा कुनै पनि व्यवसायीबाट ठगिने उपभोक्ताले गुनासो पठाउन सक्नेगरी फिचरहरु राखिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए।
उक्त एप छठपछि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ।
उपभोक्तालाई आफ्नो अधिकार संरक्षणका लागि जागरूक बनाउने उद्देश्यले सो एप सञ्चालनमा ल्याउन लागिएको महानिर्देशक गौचनले कार्यक्रममा जानकारी दिए। एपमा उपभोक्ताले पठाएको गुनासोको सम्बोधन भए वा नभएको सूचना पनि तत्काल पठाइने व्यवस्था मिलाइएको छ। उपभोक्ता गुनासो एपको कार्यान्वयनले उपभोक्ताको गुनासो संख्या बढ्ने र सोही अनुसारको कारबाहीको लागि विभाग थप सक्रिय बनाइने भएको छ।










-1754206481.jpg)
