Kathmandu Press

पेट्रोलियम पदार्थको आपूर्ति अनुमति निजी क्षेत्रलाई दिनुपर्छ : मन्त्री बडू

पेट्रोलियम पदार्थको आपूर्ति अनुमति निजी क्षेत्रलाई दिनुपर्छ : मन्त्री बडू

काठमाडौं, जेठ ८ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न अनुमति दिनुपर्ने बताएका छन् । 

आज आइतवार नेपाल उद्योग वाणिज्य महासङ्घले काठमाण्डौमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री बडूले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न दिएमा नेपाल आयल निगमसँग पनि मूल्यमा प्रतिस्पर्धा हुने र उपभोक्ताले कम मूल्यमा इन्धन पाउन सक्ने बताएका हुन् । 

पेट्रोलियम पदार्थको आपूर्तिमा निजी क्षेत्रको सहभागिता कसरी गराउन सकिन्छ भनेर सोचिराखेको र यसले इन्धनको मूल्यमा प्रतिस्पर्धा हुनुका साथै उपभोक्तालाई फाइदा हुने समेत बताए ।

मन्त्री बडूले निष्क्रिय अवस्थामा रहेका उद्योगहरूलाई पनि निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्ने गृहकार्य गरिएको बताए । 

प्रकाशित मिति: १९:४३ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्