Kathmandu Press

साैन्दर्य प्रतियाेगिता सञ्चालक पाण्डेविरूद्ध अर्काे पनि यौन दुर्व्यवहारकाे आराेप

काठमाडाैं, जेठ ८ : मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सन्चालक मनोज पाण्डेविरूद्ध अर्काे पनि यौन दुर्व्यवहारकाे आराेप लागेकाे छ।शनिबार पक्राउ परेका पाण्डेले आफूलाई पनि...
साैन्दर्य प्रतियाेगिता सञ्चालक पाण्डेविरूद्ध अर्काे पनि यौन दुर्व्यवहारकाे आराेप

काठमाडाैं, जेठ ८ : मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सन्चालक मनोज पाण्डेविरूद्ध अर्काे पनि यौन दुर्व्यवहारकाे आराेप लागेकाे छ।

शनिबार पक्राउ परेका पाण्डेले आफूलाई पनि याैन दुर्व्यवहार गरेकाे भन्दै अर्की एक युवतीले सामाजिक सञ्जालमा पाेष्ट गरेकी छिन।

युवतीले प्रहरीमा जाहेरी नदिएपनि घटनाले हदम्याद ननाघेकाे काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए।

‘युवतीले सामाजिक सञ्जालमा पाण्डेले आफूलाई पनि यौन दुर्व्यवहार गरेकाे भनेर लेखेपछि हामीले युवतीलाई भेटेर कुराकानी गरेका छौँ, तर युवतीले जाहेरी भने दिइसक्नु भएको छैन।’ उनले भने।

पाण्डेले केही समयअघि मात्रै आफूलाई दुर्व्यवहार गरेको ती युवतीले प्रहरीलाई बताएकी छन।
प्रहरीले शनिबार नै पाण्डेलाई याैन दुर्व्यवहारकाे आराेपमा अनुसन्धानकाे लागि पक्राउ गरिसकेकाे छ।

प्रकाशित मिति: १९:३४ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्