Kathmandu Press

सरकारी संस्था जोगाउन ९० लाख विद्यार्थीको भविष्यमाथि खेलवाड भयो : महासंघ 

सरकारी संस्था जोगाउन ९० लाख विद्यार्थीको भविष्यमाथि खेलवाड भयो : महासंघ 

काठमाडौं,  जेठ ८ : नयाँ शैक्षिक सत्र शुरु भएको धेरै  दिन बितिसक्दा पनि समुदायिक विद्यालयका विद्यार्थीहरुलाई जनक शिक्षा सामाग्री केन्द्रले पाठ्यपुस्तक पुर्‍याउन नसकेको भन्दै नेपाल मुद्रण उद्योग महासंघले चिन्ता व्यक्त गरेको छ । 

महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारले सरकारी संस्था जोगाउने बहानामा ९० लाख विद्यार्थीको भविष्यमाथि भएको खेलवाड गरेको महासंघलाई किमार्थ स्वीकार्य नहुने चेतावनी समेत दिएको हो । निजी क्षेत्रसँग सहकार्य गरेर कम्तीमा कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक छपाइ तथा वितरणको अनुमति दिएमा निजी क्षेत्रले १५ दिनमै देशैभरि पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पुर्‍याउने महासंघले दाबी समेत गरेको छ । 

शैक्षिक शत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि सरकारी स्वामित्वको जनक शिक्षा सामाग्री केन्द्रले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पाठ्यपुस्तक पुर्‍याउन नसकेको भन्दै आलोचना भएको थियो । जनक शिक्षाले अझैपनि आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको कारण शैक्षिक शत्र सुरु भइसक्दा पनि विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पुर्‍याउन नसकेकाले विद्यार्थीको पठनपाठनमा गम्भीर असर परेको भन्दै महासंघका अध्यक्ष खोमकान्त रेग्मीले बताए । 

यसअघि सरकारी स्वामित्वको मुद्रण संस्था जनकशिक्षा सामाग्री केन्द्रले सामुदायिक विद्यालयका पाठ्यपुस्तक समयमै छपाइ तथा वितरण गर्न नसकेपछि २०६४ सालबाट कक्षा १ देखि कक्षा ८ सम्मका सामुदयिक विद्यालयका पाठ्यपुस्तक छपाइ तथा वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिएको थियो । समयमै पुस्तक नछापिएको देख्दादेख्दै पनि निजी क्षेत्रलाई खुम्च्याएर शैक्षिक शत्र २०७८ मा कक्षा १ देखि ४ सम्म र २०७९ को लागि १ देखि ३ सम्म मात्र छपाइ तथा वितरणाको अनुमति दिएकोले यो भयावह अवस्था आएको महासंघको भनाइ छ । 

निजीले पाएको जिम्मेवारी अनुसार कक्षा १ देखि कक्षा ३ सम्मका पाठ्यपुस्तक देशभरि वितरण भइरहेको महासंघको दावी छ ।

प्रकाशित मिति: १९:१६ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्