ओखलढुंगामा एक किशाेरी अर्धचेत अवस्थामा फेला
काठमाडाैं, जेठ ८ : ओखलढुंगाको मानेभज्याङ गाउँपालिकामा एक किशाेरी अर्धचेत अवस्थामा फेला परेकी छन। आइतबार सडक किनारामा १७ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला...
काठमाडाैं, जेठ ८ : ओखलढुंगाको मानेभज्याङ गाउँपालिकामा एक किशाेरी अर्धचेत अवस्थामा फेला परेकी छन। आइतबार सडक किनारामा १७ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला परेकी हुन।
स्थानीयले बिहान ५ बजेतिर उनलाई अर्धचेत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार उनी बाेल्न सक्ने अवस्थामा छैनन। टाउको, नाक र चिउँडोमा चोट देखिएपिछ उनलाई प्राथमिक उपचारपछि काठमाडाैंकाे त्रिवि शिक्षण अस्पताल रेफर गरिएकाे छ।
प्रहरी र चिकित्सकहरुले प्रारम्भिक जाँचबुझमा उनीमाथि जबरजस्ती करणी भएको हुनसक्ने आशंका गरिएकाे छ।
कक्षा ११ मा पढ्दै गरेकी किशाेरी गएराति घरबाट निस्किएकी थिइन्।
प्रकाशित मिति: १९:१३ बजे, आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











