एमालेका सुवेदीविरूद्ध रेणु दाहाललाई करिब ९ हजार मतको अग्रता, स्वतन्त्र उम्मेदवार पौडेलले ल्याए १२ हजार बढी मत
चितवन भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की रेणु दाहाल मतान्तर फराकिलो बनाएकी छिन् ।
काठमाडौं, जेठ ७ : चितवन भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की रेणु दाहाल मतान्तर फराकिलो बनाएकी छिन् ।
पछिल्लो विवरणअनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी दाहालले ३९ हजार १ सय ५६ मत प्राप्त गरेकी हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उमेदवार विजय सुवेदीले ३० हजार ४ सय ८८ मत पाएका छन् ।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार ७ सय ३२ मत ल्याएका छन् । यस्तै, उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४१ हजार ३ सय ७५ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङले २४ हजार १ सय ३० मत प्राप्त गरेकी छन् ।
प्रकाशित मिति: १९:०३ बजे, आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











