भ्युटावरको छुट्टै महत्व छ : ओली
काठमाडाैं, जेठ ८ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्युटावरको छुट्टै महत्व रहेको बताएका छन्।आइतबार काठमाडौंमा कवि मीना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’...
काठमाडाैं, जेठ ८ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्युटावरको छुट्टै महत्व रहेको बताएका छन्।
आइतबार काठमाडौंमा कवि मीना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’ विमोचन गर्दै अध्यक्ष ओलीले भ्युटावरको टुप्पोमा धान चामल नफल्ने भए पनि छुट्टै महत्व रहेको बताएका हुन्।
एउटा दलको घोषणापत्रमा नै भ्युटावर नबनाउने घोषणा गरेको भन्दै ओलीले विश्वमा नै भ्युटावरको छुट्टै महत्व रहेका पुष्टि भएको जिकिर गरे।
त्यस्तै अध्यक्ष ओलीले नेपालीहरू जातैले कवि भएको भन्दै हरेक नेपालीको नामको पछाडि ’कवि’ लेखिदिए हुने धारणा राखे।
काव्यको रचना‚ छन्दको रचना धेरै पहिलादेखि नै नेपालकै भूमिमा हुने गरेको सुन्दा खुसी लाग्ने उनले बताए। ओलीले हतियारको बाणभन्दा शब्दको बाणमा धेरै गहिराइ हुने भएकाले कविता, मुक्तकहरुको छुट्टै अर्थ रहेको बताए।
त्यस्तै उनले कवित्व भन्ने भाव यस धर्तीमा हजारौं वर्षअघि नै रहेको पनि बताए।











