नेपालगन्ज उपमहानगरपालिकालाई अपांगमैत्री बनाइनेछ : नगरप्रमुख विष्ट
नेपालगञ्ज, जेठ ८ : नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रशान्त विष्टले उपमहानगरपालिका कार्यालयलाई अपांगमैत्री बनाइने बताएका छन्।उपमहानगरपालिकामा निर्वाचित भए पश्चात आज पदभार ग्रहण गर्दै...
नेपालगञ्ज, जेठ ८ : नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रशान्त विष्टले उपमहानगरपालिका कार्यालयलाई अपांगमैत्री बनाइने बताएका छन्।
उपमहानगरपालिकामा निर्वाचित भए पश्चात आज पदभार ग्रहण गर्दै उनले अपाङ्ग र ज्येष्ठ नागरिकको सेवालाई सहज बनाउन उपमहानगरपालिकामा लिफ्ट जडान गर्ने, ज्येष्ठ नागरिकलाई सहज तरिकाले वडा कार्यालयबाटै बैंकिङ प्रतिनिधिमार्फत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने, भेरी अस्पतालमा बिरामी तथा कुरुवाका लागि सहज तरिकाले खानाको व्यवस्थापन गरिरहेको अञ्जनी माता रसोईलाई प्रति महिना रु एक लाख प्रदान गर्नेलगायतका निर्णयमा हस्ताक्षर गर्नुभएको छ।
गठबन्धनका तर्फबाट उपमहानगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दीन राई निर्वाचित भएका थिए।
निवर्तमान नगरप्रमुख डा धवलसम्शेर राणाले विष्टलाई र निवर्तमान उपप्रमुख उमा थापामगरले राईलाई पद हस्तान्तरण गरेका थिए।











