सिरहाको बरियापट्टी गाउँपालिका अध्यक्षमा जसपा, उपाध्यक्षमा कांग्रेस
सिरहा, जेठ ८ : सिरहाको बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जनता समाजबादी पार्टी र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम...
सिराहा, जेठ ८ : सिरहाको बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जनता समाजबादी पार्टी र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार तीन हजार ८४४ मत प्राप्त गरी जसपाका सन्तोषकुमार महतो विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसका उपेन्द्रप्रसाद यादवले तीन हजार ५३४ मत प्राप्त गरे।
उपाध्यक्षमा कांग्रेसका ममताकुमारी यादव तीन हजार ९९७ मत प्राप्त गरी निर्वाचित हँुदा उनका निकटतम प्रतिद्वन्द्वी सियाकुमारी यादवले तीन हजार ४८५ मत प्राप्त गरिन्।
प्रकाशित मिति: १६:३० बजे, आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











