Kathmandu Press

स्वतन्त्र उम्मेदवार साम्पाङ धरानकाे मेयर बन्ने पक्का

उनले ५ हजार मतसहित अग्रता लिएका छन्।  गन्न बाँकी मत निकटतम प्रतिस्पर्धीसँगको मतान्तरभन्दा कम रहेकाले उनको जित सुनिश्चित भएकाे हाे।
स्वतन्त्र उम्मेदवार साम्पाङ धरानकाे मेयर बन्ने पक्का

धरान, जेठ ८ : स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ धरान उपमहानगरपालिका मेयर बन्ने पक्का भएको छ।

उनले ५ हजार मतसहित अग्रता लिएका छन्।  गन्न बाँकी मत निकटतम प्रतिस्पर्धीसँगको मतान्तरभन्दा कम रहेकाले उनको जित सुनिश्चित भएकाे हाे।

मत गणनास्थलबाहिर आएर साम्पाङले फेसबुकमार्फत लाइभमा आएर जित सुनिश्चित भइसकेको जनाएका छन्। उनले लाइभमार्फत विजयोत्सवका लागि तयारी अवस्थामा रहन धरानवासीलाई अनुरोध पनि गरेका छन्।

भोट नै ठुलो सम्मान भएको बताउँदै साम्पाङले विजयोत्सवमा खादा, मालालगायत सामग्री नल्याउन आग्रह पनि गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयले जितको औपचारिक घोषणा गर्न बाँकी रहे पनि उनले सबै मतदातालाई धन्यवाद दिएका छन्।

एक दशकयता धरानमा सामाजिक मुद्दामा खबरदारी गरिरहेका साम्पाङ लौरो चिह्न लिएर मेयरका लागि चुनावी मैदानमा उत्रिएका थिए। उनले धरानमा खानेपानीको समस्या सामधान गर्ने मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएका छन्।

सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार किशोर राई र एमालेकी उम्मेदवार मन्जु भण्डारीलाई पराजित गर्दै उनी प्रमुखमा विजयी बन्ने सुनिश्चित भएको हो।

साम्पाङ २०७६ सालको उपनिर्वाचनमा पनि धरान मेयरका लागि उम्मेदवार थिए। त्यतिखेर काङ्ग्रेसका तिलक राई निर्वाचित हुँदा उनले ४२२ मत ल्याएका थिए।

प्रकाशित मिति: १५:२२ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्