Kathmandu Press

काठमाडौं महानगरपालिका– २४ को वडाध्यक्ष कांग्रेसले जित्यो, कसले कति मत पाए?

काठमाडौं महानगरपालिका– २४ को वडाध्यक्ष कांग्रेसले जित्यो, कसले कति मत पाए?

काठमाडौं, जेठ ८ : काठमाडौं महानगरपालिका–२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले काठमाडौं महानगरपालिकाको २४ नम्बर वडाको मतपरिणाम सार्वजनिक गरेका हुन्। 

मतगणनाको अन्तिम नतिजा अनुसार महानगरको २४ नम्बर वडामा नेपाली कांग्रेसका विनोदकुमार राजभण्डारी १ हजार १३२ मतसहित वडाध्यक्ष निर्वाचित भएका छन् । वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवार सुजन विलास बज्राचार्यले ९२४ मत ल्याए। 

वडाध्यक्षकै लागि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार बालकृष्ण श्रेष्ठले ६७१ मत ल्याए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रविबहादुर शाक्यले २२५ मत ल्याए । यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार राजेन्द्र श्रेष्ठले २५ मत ल्याँदा स्वतन्त्र उम्मेदवार सम्झना जोशीले २० मत पाइन्। 

यस वडाको महिला सदस्य पनि नेपाली कांग्रेसले नै जितेको छ । कांग्रेसकी सुनिता महर्जन १ हजार १६६ मत सहित वडा सदस्यमा निर्वाचित हुँदा एमालेका रत्नाकर बज्राचार्य १ हजार १३ मत र कांग्रेसका कृष्णमान सिंह ९७३ मतसहित वडासदस्यमा निर्वाचित भए । 

यस वडामा दलित महिला सदस्यका लागि कसैले पनि मनोनयन दर्ता नगराएको मुख्य निर्वाचत मुख्य निर्वाचत अधिकृत खतिवडाले जानकारी दिएका छन्। 

प्रकाशित मिति: १५:१३ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्